नेप्से र धितोपत्र बोर्डका हाकिमलाई अर्थमन्त्रीले भने 'इन्साइडर ट्रेडिङ मान्य हुने छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2022 | 01:11:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा इन्साइडर ट्रेडिङ र सर्कुलर ट्रेडिङ आफुलाई मान्य नहुने बताएका छन्। अर्थ मन्त्रलायमा औओजित पुँजीबजार सम्बन्धी छलफल कार्यक्रममा मन्त्री शर्माले नेपाल स्टक एक्सचेन्ज नेप्से र नेपाल धितोपत्र बोर्डको नयाँ नेतृत्वलाई निर्देशन दिदै सर्कुलर ट्रेडिङ, इन्साइडर ट्रेडिङ र पम्प एण्ड डम्प मान्य नहुने बताएका हुन् । 

उनले बजारमा सर्कुलर ट्रेडिङ, इन्साइडर ट्रेडिङ र पम्प एण्ड डम्प भई नै रहेको भन्दै यसलाई रोक्न निर्देशन दिएका हुन्। 

उनले पुँजीबजारलाई उत्पादन मुलुक र पूर्वाधारको क्षेत्रको लागि पुँजी जुटाउने थलोको रुपमा विकास गर्न पनि भनेका छन् ।  आफुलाई बजारबारे धेरै उजुरी र गुनासो आउने गरेको भन्दै उनले आफ्नो कामबाट नै त्यसको जवाफ दिनको लागि नेप्से र बोर्डका नेतृत्वलाई निर्देशन दिएका छन् ।  

उनले बजारमा गर्नु पर्ने थुप्रै काम बाँकि रहेको भन्दै समय तालिका सहितको योजना बनाएर पेश गर्न भनेका छन् ।  त्यसको लागि मन्त्रालयले गर्नु पर्ने सबै सहजीकरण गर्ने उनको भनाई थियो ।  यस अघिको नेतृत्वलाई गलत काम गरेकोले हटाउन परेको उल्लेख गर्दै उनले कोहिप्रति प्रभावित नहुनको लागि सचेत गराएका छन् ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved