नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 09:35:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  को शेयर मूल्य समायोजन भएको छ। कम्पनीको १९ प्रतिसहत बोनसमा मूल्य समायोजन भएको हो 

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८५७.१४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०२० रुपैयाँ थियो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज फागुन २२ गते बुक क्लोज गर्ने निर्णयले आज मूल्य समायोजन भएको हो ।  कम्पनीले फागुन २९ गते आइतबार भर्चुअल माध्यमबाट सभा आह्वान गरेको छ 

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।    कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रहेको छ  । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

क) साधारण प्रस्ताव :

१. सचालक समितिको तर्फवाट अध्यक्षज्यूवाट पेश हुने आ.व.२०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

२. आर्थिक वर्ष २०७६/०७७ को वासलात, आय-व्यय हिसाब, नाफा-नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

३. लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने ।

४. संचालक समितिले प्रस्ताव गरे वमोजिम वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,३९,०८,८९२/- नगद लाभांश स्विकृत गर्ने।


ख) विशेष प्रस्ताव :

१. संचालक समितिले प्रस्ताव गरे वमोजिम कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी रु, रु.३,३९,०८,८९,२०३/- मा १९ (उन्नाईस) प्रतिशतको दरले बोनस शेयरको रुपमा लाभांश रु.६४,४२,६८,९४९/- प्रदान गर्ने प्रस्ताव पारित गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउने
दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

२. यस सभामा प्रस्तावित वोनस शेयर कार्यान्वयन गर्न एवं भविष्यमा संभावित पूजी सम्बन्धि आवश्यकता समेतलाई दृष्टिगत गरी प्रबन्धपत्रको दफा (८) र नियमावलीको नियम (४) मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी रु.७ अरब र जारी पूँजी रु.६ अरब पुयाउने ।

३. कम्पनी ऐन २०६३ को दफा १०५/१)ग वमोजिम आ.व.२०७६/०७७ मा भएको खर्च अनुमोदन गर्ने ।

४. कम्पनीको प्रबन्ध पत्र र नियमावलीको संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रदान गर्ने ।

ग) संस्थापक समूह (समुह 'क' वर्ग) वाट ३ जना र सर्व साधारण लगानीकर्ता (समूह 'ख' वर्ग) बाट २ जना संचालकहरुको निर्वाचन गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved