५० लाख डिम्याटमध्ये सबैभन्दा धेरै एनआईसीसँग, कर्पोरेट क्लाइन्ट एनआईबिएलका धेरै (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2022 | 12:53:03 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले सबैभन्दा धेरै हितग्राही खाता अर्थात डिम्याट खाता खोलेको पाईएको छ । सिडीएस एण्ड क्लियरिङका अनुसार आज फागुन २३ गतेसम्म नेपालमा डिम्याट खाताको संख्या ५० लाख २८ हजार १ सय ४० रहेको छ 

ति मध्ये एनआईसी एसिया बैंकले मात्रै १०.९५ प्रतिशत अर्थात् ५ लाख ५० हजार ६ सय ९२ वटा डिम्याट खाता खोलेको छ । एनआईसी पछि ग्लोबल आईएमई क्यापिटलले धेरै डिम्याट खाता खोलेको छ । ग्लोबलको डिम्याट खाता संख्या ३ लाख ९५ हजार ३ सय ७९ रहेको छ । त्यस्तै सिद्धार्थ क्यापिटलले ३ लाख ५१ हजार ४ सय २४ वटा, एनएमबि क्यापिटलले २ लाख ३६ हजार ७ सय ८२ वटा, प्रभु क्यापिटलले २ लाख ३ हजार ९ सय ३४ वटा, नबिल इन्भेष्टमेन्टले १ लाख ८५ हजार १ सय ६८ वटा, सिटिजन्स बैंकले १ लाख ५७ हजार ४२ वटा, मेगा क्यापिटलले १ लाख ५६ हजार ६ सय ४४ वटा डिम्याट खाता खोलेका छन् । त्यस्तै सानिमा बैंकले १ लाख ४४ हजार ५ सय ३९ वटा, लक्ष्मी क्यापिटलले १ लाख ४४ हजार ३ सय ३० वटा, आरबिबि क्यापिटलले १ लाख ४१ हजार १ सय १२ वटा, सनराइज क्यापिटलले १ लाख ३३ हजार १ सय ६४ वटा, माछापुच्छ्रे बैंकले १ लाख ३२ हजार ९ सय ९७ वटा, कुमारी बैंकले १ लाख १६ हजार ५ सय ६५ वटा, मुक्तिनाथ क्यापिटलले १ लाख १० हजार ६ सय ३६ वटा तथा सिभिल क्यापिटलले १ लाख ९ हजार १ सय ९८ वटा डिम्याट खोलेका छन् । अन्यले भने १ लाख भन्दा कम डिम्याट खोलेका छन् । 

सबै भन्दा कम डिम्याट स्टक म्यानेजमेन्ट एण्ड डिपी लिमिटेडको रहेको छ । उसले हालसम्म ६७ वटा मात्रै डिम्याट खोलेको छ । त्यस्तै अक्सफोर्ड सेक्युरिटीजको १५ सय ९८ र त्रिशुली सेक्युरिटीजको १७ सय २७ डिम्याट खोलेका छन् । 

सबै भन्दा बढी डिम्याट एनआईसी एसियाले खोलेका भएपनि कर्पोरेट डिम्याट खाता भने एनआईबिएल एसको बढी छ । एनआईबिएल एस क्यापिटलएल ४७३ वटा डिम्याट खाता खोलेको छ भने सिद्धार्थ क्यापिटलले ४५६ वटा, ग्लोबल आईएमई क्यापिटलले ३ सय ७६ वटा, र एनआईसी एसिया बैंकले २ सय ४७ वटा डिम्याट खाता खोलेका छन् । 

कुल ५० लाख २८ हजार १ सय ४० डिम्याट खाता मध्ये २८  लाख ८४ हजार ६ सय ७० वटा पुरुषको, २१ लाख ३७ हजार ५ सय १६ वटा महिलाको , ३७ वटा अन्यको र ५ हजार ९ सय १७ वटा कर्पोरेटहरुको रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved