एचआईडिसीएलको शेयर लिलामी प्रक्रिया थप अनिश्चित, आवेदन दिएकालाई आजबाट पैसा फिर्ता गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2022 | 08:29:45 AM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र बोर्डको निर्देशनपछि स्थगित भएको हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को शेयर लिलाम प्रक्रिया थप अनिश्चित बनेको छ । बोर्डले चिरता २ गते पत्राचार गर्दै आवेदन दिएकाको पैसा फिर्ता गर्न सकिने निर्देशन दिएसंगै यस लिलाम प्रक्रिया थप अनिश्चित बनेको हो । 

बोर्डल फागुन १२ उक्त लिलाम बढाबढ मार्फत बिक्री गर्ने कार्य हाललाई स्थगित गर्न निर्देशन दिएको थियो। बोर्डले चैत्र २ गते आवेदन दिएकालाई रकम फिर्ता गर्न सकिने पत्र पठाएको हो । 

यस संगै लिलाम प्रक्रियाको लागि बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज चैत्र ४ गतेदेखि नै आवेदन दिएकाहहरुलाई पैसा फिर्ता गर्न सुरु गर्ने भएको छ ।  आफुले बोलपत्र बुझाएको संकलन केन्द्रमा स्वयं उपस्थित भई पैसा फिर्ता लिन क्यापिटलले आग्रह गरेको छ ।  

क्यापिटलका अनुसार निम्न प्रक्रिया पुरा गरेर पैसा फिर्ता लिन सकिने छ ।

१. शिलबन्दी बोलपत्र फिर्ताको लागि यस कम्पनीले तोकेको ढाँचामा निवेदन दिनु पर्नेछ । निवेदन साथ बोलपत्र दर्ता गर्दाको सक्कल दर्ता रसिद र नागरिकता वा आफ्नो परिचय खुल्ने कागजातको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नु पर्नेछ।

२. सक्कलै शिलबन्दी बोलपत्र बोलपत्रवालालाई फिर्ता गरिने छ।

३. बैंक भौचर/IPS मार्फत रकम जम्मा गरेका बोलपत्रवालाहरुको हकमा सम्बन्धित बोलपत्रवालाले रकम फिर्ता पाउनको लागि यस कम्पनीले तोकेको ढाँचामा सक्कल बैंक भौचर/IPS को Statement राखि निवेदन
दिनु पर्नेछ।

४. सि.नं. ३ को निवेदनको आधारमा बोलपत्रवालाको रकम निष्काशन बैंकको खातामा जम्मा भएको यकिन गरे पश्चात् बोलपत्रवालाहरुको निवेदनमा उल्लेख भएको बैंक खातामा उक्त रकम निवेदन प्राप्त भएको भोलि पल्ट जम्मा गरिने छ।

५. Good for Payment Cheque मार्फत बोलपत्र पेश गरेका बोलपत्रवालाहरुको हकमा उक्त Good for Payment Cheque Cancel गर्नका लागि उक्त चेक संलग्न गरी निवेदन दिनु पर्नेछ र उक्त निवेदनको आधारमा चेक जारी गर्ने सम्बन्धित बैंकको नाउँमा Cheque Cancellation Letter उपलब्ध गराइनेछ।

बोलपत्रवालाले पेश गर्नुपर्ने कागजातहरुः

(क) निवेदनहरु (निवेदनहरु यस कम्पनीको वेभसाइट वा सम्बन्धित कार्यालयबाट प्राप्त गर्न सकिनेछ)।

(ख) बोलपत्र दर्ता गर्दा बिक्री प्रबन्धक/संकलन केन्द्रले दिएको सक्कलै दर्ता रसिद ।

(ग) खोलिएको शिलबन्दी बोलपत्र।

(घ) बोलपत्रदाताको नागरिकता वा आफ्नो परिचय खुल्ने कुनै पनि आधिकारिक कागजातको प्रतिलिपि ।

(ङ) बैंक भौचर /IPS मार्फत रकम जम्मा गरेका बोलपत्रवालाहरुको हकमा सक्कल बैंक भौचर /IPS को Statement ।


किन रोकिएको थियो लिलामी प्रक्रिया ? 

 कम्पनीका अनुसार धितोपत्र बोर्डले २ विषयमा प्रष्ट पारेर मात्र लिलाम प्रक्रिया सुचारु गर्न आग्रह गरेको थियो ।कम्पनीका अनुसार नेपाल धितोपत्र कम्पनीले लिलाम गरिरहेको शेयर कुन समुह अन्तर्गत रहने र नेप्सेमा यसको कारोबार कुन समुह अन्तर्गत रही कुन मूल्यमा कसरी कारोबार हुन्छ भन्ने प्रष्ट पार्न आग्रह गरेको थियो  । 

 कम्पनीले फागुन १ गतेदेखि  ३ करोड ३० लाख कित्ता संस्थापक शेयर लिलाममा ल्याएको थियो । यस अघिको हकप्रदमा तथा लिलाममा पनि  बिक्रि नभएको ३ करोड ३० लाख कित्ता शेयर कम्पनीले फागुन १ देखि पुन: लिलामीमा ल्याएको हो ।

 कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले बिक्रि नभएको संस्थापक समुहको शेयर फागुन १ देखि पुन: लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रि गर्ने निर्णय गरेको थियो । इच्छुक तथा योग्य जो कोहि व्यक्ति तथा संस्थाले फागुन १ गतेदेखि फागुन १५ गतेसम्म लिलाम बढाबढमा भाग लिन पाउने ब्यबस्था थियो। तर लिलाम बिक्रि बन्द हुनु २ कार्य दिन अगाडी मात्र सम्पूर्ण लिलाम प्रक्रिया स्थगित भएको थियो   ।

 कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन। संस्थापक शेयर खरीद गर्दा न्युनतम १ करोड कित्ता खरीद गर्नु पर्ने ब्यबस्था भएकोले शेयर बिक्रि हुन सकेको थिएँन । यस पटक भने कम्पनीले न्युनतम १ करोड कित्ता खरीद गर्नु पर्ने ब्यबस्था हटाईसकेको थियो ।  यससंगै कम्पनीको बिक्रि हुन बाँकी रहेको ३ करोड ३० लाख कित्ता शेयर सजहै बिक्रि हुने कम्पनीको विश्वास थियो ।  

कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved