बोनसमा लाग्ने कर तिर्न प्राइम बैंकको आग्रह, यसरी हेर्नुस् कसले कति तिर्नु पर्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2022 | 09:13:02 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकले शेयरधनीहरुलाई बोनस शेयर वितरणको लागि लाग्ने कर वापतको रकम बुझाउन आग्रह गरेको छ ।  बैंकले कर दायित्व बाँकि रहेका शेयरधनीहरुलाई कर वापतको रकम बुझाउन आग्रह गरेको हो । 

बैंकको २०७८/०९/०६ मा सम्पन्न १४ औ वार्षिक साधारण सभाबाट आ.व. २०७७/७८ को मुनाफाबाट शेयरधनीहरूलाई १६% बोनस शेयर पारित गरिएको तथा ०.६३१३% नगद लाभाशं बिगतका आर्थिक वर्षहरूका बोनस शेयरहरूमा लाग्ने कर प्रयोजनार्थ छुट्टयाइएको र उक्त बोनश शेयर सुचिकरण भए पश्चात् कर दायित्व बाँकी नरहेका शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको तथा विगत आर्थिक वर्षहरूको कर दायित्व बाँकी भएका शेयरधनीहरूले सो कर रकम भुक्तानी गरे पश्चात शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ। आ.ब. २०७७/७८ को नगद लाभांशबाट विगत आर्थिक वर्षहरूको कर रकम असुल गरि बाँकी रकम मात्र वितरण गरिने बैंकले उल्लेख गरेको छ ।

२०७६ फागुन २९ मा प्राइम कमर्सियल बैंकले साबिक कैलाश विकास बैंकलाई प्राप्ती गरेको हुँदा मिति २०७६ फागुन २८ सम्म कायम रहेको शेयरधनीहरूको कायम रहेको शेयर संख्यामा आ.व. २०७७/७८ को वितरण हुने बोनस शेयर तथा नगद लाभाशंमा मात्र कर छुट हुने तथा गाभिएको मिति पश्चात खरिद गरेका शेयरधनीहरूको हकमा आ.ब. २०७७/७८ को वितरण गरिने नगद लाभांश पर्याप्त नभएका शेयरधनीहरूले सो नपुग बराबरको रकम एवं विगत आर्थिक वर्षहरूको कर दायित्व बाँकी भएका शेयरधनीहरूले कर तिर्नु पर्ने छ । 

सो कर रकम बैंकको खातामा जम्मा गरी अथवा ईसेवा मार्फत रकम जम्मा गरे पश्चात् मात्र बोनश शेयर हितग्राही खातामा आउने बैंकले उल्लेख गरेको छ । भुक्तानी गर्नु पर्ने लाभाशं करको विवरण बैंकको वेवशाइट https://www.primebank.com.np मा राखिएको बैंकले जनाएको छ। यहाँ क्लिक गरेर पनि कति कर दायित्व बाँकि छ हेर्न सकिन्छ । 

इसेवा वा बैंक मार्फत कर रकम जम्मा गर्दा तपशिल बमोजिमका विवरणहरू भुक्तानी मिलान प्रयोजनका लागि अनिवार्य रूपमा उपलब्ध गराउन बैंकले आग्रह गरेको छ ।
१. शेयरधनी नम्बर (PHYSICAL ID)/BOID

२. शेयरधनीको नाम

३. शेयरको प्रकार (PROMOTER/PUBLIC)

 कर रकम भुक्तानी गर्न बैंकले शेयरधनीहरूको सुविधाको लागि इसेवा मार्फत पनि भुक्तानी गर्न सकिने व्यवस्था गरिएको र सो प्रणाली प्रयोग गरि भुक्तानी गर्दा इसेवाले तोके बमोजिमको अतिरिक्त सेवा शुल्क लाग्ने बैंकले जनाएको छ ।

भुक्तानीका अन्य माध्यमबाट भुक्तानी गर्दा, भुक्तानी गर्नेको आवश्यक विवरण उपलब्ध नहुने र कर वापत प्राप्त रकमको हिसाब मिलान गर्न असमर्थ हुने हुँदा अन्य माध्यमबाट भुक्तानी नगर्नु नगराउनु बैंकले आग्रह गरेको छ ।

 भूक्तानी गर्नुपर्ने कर रकम यकिन गर्नका लागि बैंकको कुनै पनि शाखा, बैंकको वेवसाइट वा सिभिल क्यापिटल लिमिटेडको वेवसाइटमा तोकिएको विवरण भरी यकिन गर्न बैंकले अनुरोध गरेको छ। साथै, बुक क्लोजको समयमा शेयर रोक्का रहेका शेयरधनी महानुभावहरूको बोनस शेयर रोक्का गर्ने निकायबाट फुकुवा पत्र प्राप्त भए पश्चात मात्र वोनश शेयर शेयरधनीको खातामा पठाईने बैंकले प्रष्ट पारेको छ । साथै हाल सम्म आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरूले आफ्नो शेयर अभौतिकीकरण गराएको अवस्थामा बोनस शेयरसमेत सोही हितग्राही खातामा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved