सेयर बजारमा विदेशी लगानी आउन दिन अर्थमन्त्रीलाई पवन गोल्यानको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2022 | 06:24:35 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्था परिसंघ सिबिफिनका अध्यक्ष पवन गोल्यानले सेयर बजारमा विदेशी लगानी ल्याउन दिन सुझाव दिएका छन्। 'नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेट' विषयक बृहत बहस कार्यक्रममा गोल्यानले सेयर बजारमा बिदेशी लगानी खुला गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएका हुन्।

एनएमबि बैकका अध्यक्ष समेत रहेका गोल्यानले नेपालको सेयर बजारले अहिले तरलता लगायतको समस्या भोगिरहेको बेला निश्चित सर्त राखेर विदेशी लगानी ल्याउन मिल्ने ब्यबस्था गर्न अर्थमन्त्रीलाई आग्रह गरेका हुन्। तिन वा पाँच बर्ष सम्म लगानी वा नाफा लैजान नपाउने जस्ता सर्त राखेर सेयर बजारमा विदेशी लगानी ल्याउन दिँदा यसले अहिलेको सेयर बजारलाई थप राम्रो बनाउने उनको भनाई थियो।

नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटले सम्बोधन गर्नुपर्ने विषयहरुमा व्यापक बहस गर्ने उद्देश्यले नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयको संयुक्त सहकार्यमा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रियाको प्रमुख अथितिमा अर्थमन्त्री जनार्दन शर्मा रहेका छन् ।  अन्तरक्रियामा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, स्वदेशी तथा विदेशी वरिष्ठ अर्थविद्, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा अग्रणी उद्योग-व्यवसायीहरुको उपस्थिति रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved