छ्याङदी हाइड्रोले लिलाम गरेको शेयरको बोलपत्र आज बिहिबार खोलिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2022 | 08:22:36 AM मा प्रकाशित

laxmi  sunrise bank

छ्याङदी हाइड्रोपावर Chhyangdi Hydropower Company   ले लिलाम गरेको शेयरको बोलपत्र आज बिहिबार खोलिने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहिबार दिउँसो ३ बजे नक्साल स्थित कय्पितल कै कार्यालयमा बोलपत्र खोल्न लागेको हो ।

कम्पनीले चैत्र १ गतेदेखि ९ गतेसम्म हकप्रदमा अवितरित ५९ हजार ८ सय २७ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्रि गरेको थियो। आवेदन दिंदा न्युनतम १ सय कित्ताको लागि आवेदन दिनु पर्ने र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो । शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने ब्यबस्था गरिएको थियो ।

सबैभन्दा बढी रकम कबुल गर्नेलाई शेयर प्रदान गरिने छ । यदि सबैभन्दा बढी रकम कबुल गर्नेलाई शेयर प्रदान गरिएपछि शेयर बाँकि रहेमा त्यसपछिको बढी मूल्य कबुल गर्नेलाई शेयर प्रदान गरिने छ । शेयर बाँकि रहँदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

छ्याङदी हाइड्रोले  माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो  । हकप्रद निष्काशन गर्दा आवेदन नपरेको शेयर अहिले लिलाम गर्न लागिएको हो ।  कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने ब्यबस्था थियो।  छ्याङदीले  कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो। 

छ्याङदी फेरी अर्को हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।  कम्पनीको हाल बाँडफाँड भएको यो ३० प्रतिशत हकप्रद शेयर बितरण पश्चात् कायम हुने चुक्ता पूँजी रु. ३८,६९,७७,५०० को ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।  दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved