शिखर इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2022 | 08:50:19 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्सले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज चैत्र २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र १ गतेदेखि १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने  ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यस हिसाबमा माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved