थप २ कम्पनीले पाए आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 05:27:28 PM मा प्रकाशित

laxmi  sunrise bank

थप २ कम्पनीले आईपिओ निष्काशन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले २ वटा हाइड्रोपावर कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

जस अनुसार बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दीखोला जलविद्युत कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बिन्धवासिनी हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि २५ करोड बराबरको २५ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

त्यस्तै दोर्दीखोला जलविद्युत कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको हो । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved