फ्लोर सिटको विवरण कारोबार समय सकिएपछि मात्र देखाउन धितोपत्र बोर्डको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 12:54:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले रियल टाइममा फ्लोर सिट नदेखिने ब्यबस्था गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ  । सरोकारवाला पक्षबाट बोर्डमा  रियल टाइममा फ्लोर सिट नदेखिने ब्यबस्था गर्न सुझाव आएकोले उक्त ब्यबस्था गर्न बोर्डले नेप्सेलाई पत्राचार गरेको हो ।

हाल कारोवार समयमा नै फ्लोर सिटमार्फत् कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको छ । अब भने बोर्डले धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न नेप्सेलाई पत्राचार गरेको छ ।

धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) मा 'धितोपत्र बजारले प्रत्येक दिन धितोपत्र बजारमा कारोबार भएको संगठित संस्थाको नाम, प्रत्येक धितोपत्रको मूल्य र परिमाण, कारोबारमा संलग्न व्यवसायी, कारोबार क्रम संख्या लगायतका विवरण खुलाई सोही दिन वा भोलिपल्ट कारोबार शुरु हुनु अगावै सार्वजनिक गर्नु पर्नेछ ।' भन्ने ब्यबस्था छ । 

सोहि ब्यबस्था अनुसार नेप्सेले रियल टाइममा नै फ्लोर सिट डिस्प्ले गर्ने गरेको थियो । बोर्डले निर्देशन दिएसंगै अब फ्लोर सिटको विवरण रियल टाइममा नभई सोही दिन वा भोलिपल्ट कारोबार शुरु हुनु अगावै सार्वजनिक गर्नु पर्ने भएको छ  । नागरिक स्टक डिलर, ठूला लगानीकर्ता, संस्थागत लगानीकर्ताले रियल टाइममा फ्लोर सिट देखाउन नहुने बताउदै आएका थिए । 

त्यस्तै बोर्डले  कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्ने÷गराउने गरी धितोपत्र दलाल व्यवसायीहरुको -Screen Exhibition Room सुचारु गर्न सम्पूर्ण धितोपत्र दलाल व्यवसायी ( ब्रोकर)हरुलाई निर्देशन दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved