९५.४६ अंकले बढ्यो नेप्से सूचक, हाइड्रो र विकास बैंक समुहमा उच्च वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2022 | 03:19:52 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से ९५.४६ अंकले बढेको छ । आज नेप्से सूचक ९५.४६ अंकले बढेर २४२०.०१ को बिन्दुमा पुगेको छ 

आज कारोबारमा आएका २३८ कम्पनीको ६६ लाख ३९ हजार ५ सय ४ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५ सय ९३ रुपैयाँको कारोबार भएको छ । आज सानिमा बैंकको संस्थापक शेयरको सबै भन्दा धेरै २२ करोड १० हजार बराबरको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्टको ११ करोड ४६ लाख, अरुण भ्याली हाइड्रोको ९ करोड १२ लाख , हिमालयन डिस्टिलरीको ८ करोड ४१ लाख बराबरको कारोबार भएको छ 

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये हाइड्रोसमुह सबैभन्दा धेरै ७.३२ प्रतिशतले बढेको छ भने विकास बैंक समुह ६.५७ प्रतिशतले बढेको छ । 

आज कारोबारमा आएका मध्ये नेष्डो समृद्द लघुवित्तको मात्र शेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको ऋणपत्र र एक सामुहिक लगानी योजनाको मूल्य पनि घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved