नेप्सेद्वारा सुचिकृत कम्पनीको बर्गिकरण पुनरावलोकन, २ कम्पनी जेडबाट ए वर्गमा उक्लिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2022 | 08:38:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुको बर्गिकरण पुनरावलोकन गरेको छ । नेप्से गत चैत्र ६ गते नयाँ बर्गिकरण सार्वजनिक गर्दै चित्त नबुझ्ने कम्पनीलाई दाबी सहित पुनरावलोकनको लागि निवेदन दिन आग्रह गरेको थियो ।

सोहि अनुसार पुनरावलोकनको लागि आवेदन दिएका मध्ये ज्योति विकास बैंक र सानिमा माई हाइड्रोपावर वर्ग ए मा उक्लिएका छन्  । यी दुवै कम्पनी वर्ग जेडमा रहेकोमा नेप्सेले सुची पुनरावलोकन गर्दै दुवै कम्पनीलाई वर्ग ए मा वर्गीकरण गरेको हो  । अन्य कम्पनीको भने बर्गिकरण भने हेरफेर भएको छैन  । 

यस संगै वर्ग ए मा  ४ हाइड्रो कम्पनी समावेश भएका छन्  । यस अघि नै वर्ग ए मा अपि पावर, बुटवल पावर, र अरुण भ्याली हाइड्रो थिए  । त्यस्तै वर्ग ए मा पर्ने विकास बैंकको संख्या ५ पुगेको छ  । कामना सेवा, मुक्तिनाथ, शांग्रिला र शाइन रेसुंगा यस अघि नै  वर्ग ए मा थिए ।

नेप्सेले  धितोपत्र सूचीकरण विनियमावली २०७५ को ब्यबस्था बमोजिम कम्पनीहरुको बर्गिकरण सार्बजनिक गर्ने गरेको छ ।  साविकमा सूचिकृत संगठित संस्थालाई ए र वि गरी दुईवटामा सीमित गरिएको थियो । २०७५ देखि नेपाल धितोपत्र बोर्डले लागु गरेको नयाँ नियमावलीमा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्तिगत गरी ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने ब्यबस्था छ ।

चुक्ता पूँजी कम्तीमा एक अरब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन बर्ष भएको, विगत तीन आर्थिक बर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनी ए वर्गमा पर्छन्।

चुक्ता पूँजी कम्तीमा पचास करोड रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन बर्ष भएको, विगत तीन बर्षमा कम्तीमा दुई आर्थिक बर्षमा नाफा गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ्ग प्राप्त गरेको, आर्थिक बर्ष समाप्त भएको छ महिना भित्र बार्षिक साधारण सभा सम्पन्न गरेको, र संचित नोक्सानी नरहेको कम्पनी वर्ग बि मा पर्छन् ।

सुचिकृत भएको २ वर्ष पुरा नगरेका कम्पनी जी वर्ग मा पर्ने गरेका छन् ।  ए, बि , र जी मा नपर्ने कम्पनी भने वर्ग जेडमा पर्छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved