नेप्सेमा नेपाल फाइनान्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2022 | 08:10:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल फाइनान्स लिमिटेड Nepal Finance  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो ।  

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३११.१८ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४५९ रुपैयाँ थियो ।   कम्पनीले  हकप्रद निष्काशनको लागि बैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले बैशाख १९ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन्  । 

कम्पनीले हकप्रद बिक्रि खुला गर्ने मिति भने तय गरिसकेको छैन  ।  कम्पनीले १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशनको तयारी गरेको छ। कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४ सय २८ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ दशमलव २७५० कित्ता हकप्रद निष्काशन गर्ने छ ।  शेयर निष्काशनको लागि प्रभु  क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत चैत्र ८ मा हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved