
सि.बि.आई.एल. क्यापिटल लिमिटेडले विद्यार्थीलाई लक्षित लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीलाई लक्षित लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको हो ।
क्यापिटलले सरस्वती बहुमुखी क्याम्पसका व्यवस्थापन संकायका १५० भन्दा अधिक विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरुलाई सफल लगानीका सुत्रहरु प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरिएको क्यापिटलले जनाएको छ।