सेन्चुरी कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2022 | 09:01:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले बैशाख २१ गतेदेखि ऋणपत्र निष्काशन गरेकोमा पर्याप्त आवेदन नपरेपछि आवेदन दिने म्याद थप गरिएको हो । यस संगै अब यो ऋणपत्रमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ ।

बैंकले बैशाख २१ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । कम्पनीले  १,००० अंकित दरको २२ लाख कित्ताले हुन आउने २ अर्ब २० करोड बराबरको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १३ लाख २० हजार कित्ता निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र ८ लाख ८० कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख ८० हजार कित्ता मध्ये १० हजार कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ  । ऋणपत्र निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम ८ लाख ७० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५० प्रतिशत ब्याज प्रदान गर्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved