रिलायबल लाइफ इन्स्योरेन्सले हकप्रद जारी गरेर पुँजी वृद्धि गर्ने , साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 09:46:49 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद जारी गरेर पुँजी वृद्धि गर्ने भएको छ । सर्बसाधारणलाई शेयर निष्काशन नगरेको यस कम्पनीले आईपिओ अगाडी नै हकप्रद जारी गरेर पुँजी वृद्धि गर्ने निर्णय गरेको हो ।

बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेपछि रिलायबलले आईपिओ अगाडी नै हकप्रद मार्फत पुँजी वृद्धि गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी साधारणसभामा यस समबन्धि प्रस्ताव लैजाने भएको छ । 

कम्पनीले जेठ २५ गते बुधबार काठमाडौँको ज्ञानेश्वर स्थित लिसरा ब्यान्क्वेटमा सभा आह्वान गरेको छ । सभामा निम्न अनुसारको सामान्य र विशेष प्रस्ताव पेश हुने छन् । 

सामान्य प्रस्ताव : 

 (क) संचालक समितिको चौंथो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने ।

(ख) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७६/७७ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु (NFRS)अनुसारको वित्तीय विवरणहरु समेत) उपर छलफल गरी पारीत गर्ने ।

(ग)कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (हालका लेखापरीक्षक श्री लिङ्देन पि एण्ड एसोसियटस् पुनः नियुक्तिको लागि योग्य हुनुहुन्न)।

(घ) स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन गर्ने ।

(ङ) सर्वसाधारणलाई छुट्टाईएको शेयर मध्येबाट कर्मचारीहरुको हकमा जारी गर्ने शेयर सम्बन्धमा ।

(च) संस्थापक शेयरधनी समूह “क” को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन सम्बन्धमा।


विशेष प्रस्ताव 

(क) पूँजि वृद्धि गर्ने सम्बन्धमा ।

(ख) हकप्रद शेयर जारी गर्ने सम्बन्धमा ।

(ग) प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा ।

(घ) कम्पनीको नियमावलीको प्रस्तावित संशोधनलाई नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

(ङ) आ.व. २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिड १९ प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम रु. ७,५०,०००/- कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) बमोजिम अनुमोदन गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved