अपि पावरको हकप्रद बाँडफाँड, ४ लाख कित्ता बढी शेयर लिलाममा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2022 | 10:19:30 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावरले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले जेठ ५ गते अपि पावरले निष्काशन गरेको हकप्रद बाँडफाँड गरेको हो । 

कम्पनीले चैत्र २५ गतेदेखि बैशाख १५ गतेसम्म  ३९.३६ प्रतिशत अर्थात् १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले  १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिने १ लाख १३ हजर १ सय ५३ जना आवेदकलाई १ करोड ४ लाख ७ हजार ८ सय १५ कित्ता शेयर बाँडफाँड गरिएको छ । यस संगै हकप्रदमा बिक्रि नभएको ४ लाख ५२ हजार १ सय ८५ कित्ता शेयर लिलाममा आउने छ ।

कम्पनीले हकप्रदमा नपरेको शेयरको पैसा जेठ ९ गतेदेखि आईपीएसको मध्यमबाट समबन्धित शेयरधनीको खातामा नै फिर्ता गरिने क्यापिटलले जनाएको छ । 

  कम्पनीले अपर चमेलिया आयोजनाको लागि रकम जुटाउन हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले फागुन २६ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाएको हो ।  

हाल कम्पनीले ४० मेगावाटको अपर चमेली परियोजना निर्माण गरिरहेको छ भने केहि मेगावाटको सोलार परियोजना समेत निर्माण गरिरहेको छ। अपिले पहिल्यै ४ मेगावाटको चन्द्रपुर सोलार परियोजना संचालनमा ल्याईसकेको छ।अपिले थप ६२.५ मेगावाट बराबरको परियोजना आगामी बर्ष निर्माण सम्पन्नको तयारीमा छ। यसबाट कम्पनीले थप आम्दानी जुटाउन सक्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved