हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको मर्जरको लागि ८५ रुपैयाँको स्वाप तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2022 | 08:57:08 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले असार २ गते बिहिबार विशेष साधारणसभा आह्वान गरेका हुन् ।

हिमालयनको साधारणसभा एयरपोर्ट स्थित एयरपोर्ट होटेलमा हुने छ भने एभरेष्टको साधारणसभा कमलपोखरी स्थित अग्रवाल भवनमा हुने छ । मर्जर प्रस्ताव पारित गर्न दुवै कम्पनीले विशेष साधारणसभा आह्वान गरेका हुन् । 

दुवै कम्पनीले बैशाख २३ गते एक आपसमा मर्जमा जाने सम्झौतामा हस्ताक्षर गरेका थिए ।  दुवै कम्पनीले एक आपसमा मर्जमा जाने सम्झौता गरेपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का छ। शेयर कारोबार रोक्का हुनु अगाडीसम्म कायम शेयरधनीले साधारणसभामा  भाग लिन सक्ने छन् । बीमा समितिले चुक्ता पुँजी वृद्धिको योजना ल्याएपछि २ कम्पनीले मर्जमा जाने सम्झौता गरेका हुन् ।  

मर्जर प्रयोजनको लागि १००:८५ रुपैयाँको स्वाप तय भएको छ ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ता जे. बि. राजभण्डारी एण्ड डिबिनस् (J. B. Rajbhadary & DiBins), चार्टड एकाउन्टेण्टस्द्वारा तयार गरिएको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (Due Diligence Report (DDR) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा स्वाप निर्धारण गरिएको कम्पनीले जनाएको छ । जस अनुसार एभरेष्ट इन्सोरेन्स कम्पनी लि. को १०० कित्ता शेयर वरावर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. को ८५ कित्ता (१:०.८५) शेयर प्रदान गर्ने गरि गाभ्ने गाभिने (मर्ज) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव सभामा पेश हुने छ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभिए पश्चात् बन्ने निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “हिमालयन एभरेस्ट ईन्स्योरेन्स लिमिटेड” तथा अंग्रेजीमा "Himalayan Everest Insurance Limited" कायम हुने छ ।

मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा रहने छ । त्यस्तै मर्जरपछि नयाँ संचालक समिति चयन हुने छ भने हाल रहेका सबै संचालकको कार्यकाल सकिएको मानिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved