नारायणी डेभलपमेन्ट बैंकले फेरि हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 04:59:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले फेरि हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले हकप्रद निष्काशन प्रस्ताव पारित गर्न विशेष साधारणसभा समेत डाकेको छ ।  कम्पनीले असार ८ गते चितवनमा विशेष साधारणसभा आह्वान गरेको हो ।  सभामा बैंकको हाल कायम चुक्तापुँजी रु २६,२४,६७,६००/- (अक्षेरुपी छब्बिस करोड चौविस लाख सतसठ्ठी हजार छ सय) मा थप १:१ अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूँजी रु ५२,४९,३५,२००/- (अक्षेरुपी बाउन्न करोड उनान्चास लाख पैतिस हजार दुई सय) कायम गरी चुक्ता पुँजी बृद्धि गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश हुने छ  ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । जेठ २९ गतेसम्म कायम शेयरधनीले मात्र स्वाहामा भाग लिन सक्ने छन्  ।

कम्पनीले यस अघि २ पटक शतप्रतिशत हकप्रद निष्काशन गरिसकेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved