पुँजीबजारमा देखिएका समस्या समाधान गर्न अर्थ मन्त्रालयले गठन गर्यो समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2022 | 12:46:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पुँजीबजारको समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको छ। नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै  अर्थमन्त्री जनार्दन शर्माले सुझाव समिति गठन गरेको जानकारी दिएका हुन्  

आज बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, र अर्थमन्त्रालयका सचिवहरुबीच छलफल गरेर पुँजीबजारको समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको जानकारी मन्त्री शर्माले दिएका हुन्। उक्त समितिले दिएको सुझावको आधारमा पुँजीबजारको विकासको लागि गर्नु पर्ने सुधारको कामहरु गरिने मन्त्री शर्माले बताए 

उनले समितिले दिएको सुझावको आधारमा बजारको सुधारको लागि कसले के गर्ने भन्ने स्पष्ट पारिने बताएका छन् । समितिमा को को छन् भन्नेबारे उनले खुलाएनन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved