
अबदेखि आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने भएको छ । नेप्से सञ्चालक समितिको आज जेठ ३० गते गतेको बैठकले सार्वजनिक विदाका दिन बाहेक अन्य दिनमा आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार खुला गर्ने निर्णय गरेको हो ।
जस अनुसार असारदेखि आइतबार देखि बिहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म शेयर कारोबार हुने छ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शेयर कारोबार हुने छ । शुक्रबार २ घण्टा मात्र कारोबार हुने भएपनि त्यस दिनको लागि लागु हुने सर्किट ब्रेकको नियमबारे केहि पनि थप निर्णय नभएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।
सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो । आइतबार सार्वजनिक विदा दिनु अघि शेयर कारोबार आईतबारदेखि बिहिबारसम्म संचालन हुने गरेको थियो । अब भने सातामा ६ दिन नै कारोबार हुने छ । तर शुक्रबार ११ बजेदेखि १ बजेसम्म शेयर कारोबार हुने छ ।