'लगानीकर्ता झुण्डिएर मर्छु भन्न थालिसके, शेयरबजारबारे संसदमा जानकारी गराईयोस्': गगन थापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 01:15:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सांसद गगन थापाले शेयरबजारबारे संसदलाई जानकारी गराउन माग गरेका छन्  । शेयरबजारमा ह्रास आईरहेकोले उनले यो अवस्था किन आयो र अब के के काम भईरहेको छन् भन्ने विषयमा जानकारी गराउन माग गरेका हुन् ।

उनले प्रत्येक दिन आफुलाई भेट्न १०-१५ जना मानिस आउने गरेको, काठमाडौँका मात्र नभई बाहिरका पनि आउने गरेको र उनीहरु मध्ये कोहि झुण्डिएर मर्छु भनेको, कोहि सडकमा आईपुग्यौ भनेको बताए।

सामान्य अवस्थामा शेयरबजार तलमाथि हुने भए पनि कुनै अस्थिर नीतिको कारणले गर्दा अहिले बजारको लगानीलाई बजारबाट निरुत्साहित गरेको उनले बताए। तरलता अभावले बजारमा समस्या आउनु स्वभाविक भएको उनले बताए । तर राष्ट्र बैंकले कर्जालाई संकुचन गर्न लिएर नीतिले शेयरबजारलाई प्रभाव पारेकोमा त्यसबारे संसदको ध्यानआकृष्ट हुने पर्न उनले बताए।

उनले शेयरबजारको स्थायित्व कायम गर्न र शेयरबजारमाथि विश्वसनीयता कायम गर्न अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्डले के कस्ट काम गरिरहेका छन् त्यसबारे सदनलाई जानकारी गराउन माग गरेका छन्। त्यस्तै साना लगानीकर्ताको सुरक्षाको लागि के कस्तो काम भईरहेको छ , त्यसबारे पनि संसदलाई जानकारी गराउनु पर्ने माग उनले राखेका छन्। रियल सेक्टर र अन्तराष्ट्रिय लगानीकर्तालाई बजारमा ल्याउन के कस्तो काम भईरहेको छ भन्ने बारे पनि जानकरी गराउन उनले आग्रह गरेका छन्।

'विश्वब्यापी रुपमा शेयरबजारलाई अर्थतन्त्रको परिसूचकको रुपमा हेर्ने गरेको पाइन्छ । शेयर बजारको स्थायीत्व र सवलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको सम्मुनततर्फ अघि बढ्छ । तर विगत लामो समयदेखि नेपालको शेयर बजार अस्थिर रहेको छ । २०७८ भद्रा २८ गते ३१९८ अंकको उच्चतम बिन्दुमा पुगेको नेप्से परिसूचक हिजो १९९६ को बिन्दुमा पुग्यो । यस्तो परिघटनाले शेयरबजारको विश्वसनीयतामा नकारात्मक प्रभाव परेको छ ।

उनले धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सवलिकरण गर्ने खालको बनाउन माग गरेक छन्।

हेर्नुस् भिडियो


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved