कुमारी धनबृद्धि योजनाको इकाई बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2022 | 02:40:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको इकाई बाँडफाँड भएको छ। कुमारी सामुहिक लगानी कोष अन्तर्गत कुमारी धनवृद्धि योजना नामको १० वर्षे अवधिको बन्दमुखी योजनाको इकाई आज शुक्रबार बाँडफाँड भएको हो ।

 कुमारी धनबृद्धि योजनाको प्रति इकाई रु १० दरको १२ करोड इकाई जेठ १० १२  देखि जेठ २६ गते सम्म निष्काशन भएको थियो । क्यापिटलका अनुसार  विजपूँजी वापतको १,८३,७६,०८९ इकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी रहेको १०,४१,३१,१७० इकाई अन्य आवेदकलाई बाँडफाँड गरिएको छ । आवेदक दिएका १,३९,१३९ जना मध्ये रितपुर्वक आवेदन दिनेने १,३९,०९३ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको छ भने दोहोरो आवेदन दिने ४६ जना आवेदकहरुको आवेदन रद्द भएको छ।  यसरी बाँडफाँड गर्दा इकाई १०० देखि १००,००,००० सम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।  

क्यापिटलले यस योजनामा पहिलो २ वर्ष १० प्रतिशत, त्यसपछि ४ वर्ष १२ प्रतिशत, त्यसपछिको २ वर्ष १५ प्रतिशत र अन्तिम वर्ष १० वर्ष गरि दश वर्षको अवधिमा १०८ प्रतिशत लाभांश बितरण गर्ने प्रक्षेपण गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved