नेप्सेमा पुनर्बीमा कम्पनीको १ करोड ६५ लाख कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 01:26:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट बितरण गर्नको लागि पारित गरेको १६.५० प्रतिशत बोनस शेयर बराबरको १ करोड ६५ लाख कित्ता बोनस शेयर सुचिकृत भएको हो।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा  आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्नको लागि प्रस्ताव गरेको  १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश पारित गरेको थियो। 

त्यस्तै कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२  प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको उक्त प्रस्ताव बीमा समिति र नेपाल सरकारले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved