१९ बुँदे सहमति कार्यन्वयन गर्न गठित समितिले काम थाल्यो, पहिलो बैठकले गर्यो ३ निणर्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 06:02:08 PM मा प्रकाशित

laxmi sunrise bank

 नेपाल धितोपत्र बोर्ड र पुँजीबजार सुधार संघर्ष समितिबीच भएको १९ बुँदे सहमति कार्यन्वयनको लागि गठित कार्यन्वयन समितिको पहिलो बैठक आज बसेको छ  । आज आइतबार धितोपत्र बोर्डको कार्यालयमा कार्यन्वयन समितिको पहिलो बैठक बसेको हो ।

आजको बैठकले पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आन्दोलन तथा अभियानमा खेलेको भुमिकाको उच्च मुल्याङ्कन गर्दै धन्यबाद ग्यापन गर्ने र उनको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले भौतिक पुर्वाधार तयारी गरिसकेका र अनुमती पर्खेर बसेका ब्रोकरका शाखा बिस्तारकालागी अनुमती दिन सिफारिस गर्ने निर्णय पनि गरेको छ। त्यस्तै कारोबार ब्यबस्थापन प्रणाली टिएमएसमा रहेको एओन फिचरलाई खरिद तथा बिक्री  दुबै तर्फ बाट हटाउने निर्णय गरेको समितिका सदस्य रोहन कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार १९ बुँदेको सम्बन्धमा थप अध्ययन तथा आवश्यक समन्वय अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग गरेर अर्को बैठक यहि हप्ताभित्र बस्ने छ ।

कार्यन्वयन समितिमा धितोपत्र बोर्डको तर्फबाट कायम मुकायम कार्यकारी निर्देशकद्वय विनयदेव आचार्य र मुक्तिनाथ श्रेष्ठ रहेका छन् । त्यस्तै पुँजीबजार सुधार संघर्ष समितिको तर्फबाट रोहन कार्की र एसपी चौलागाई सदस्य रहेका छन् । समितिमा नेपाल सरकारबाट मान्यता प्राप्त संघहरुका एक एक जना प्रतिनिधि सदस्य छन् ।

यो समितिले  नेपाल धितोपत्र बोर्ड र पुँजीबजार सुधार संघर्ष समितिबीच भएको १९ बुँदे सहमति कार्यन्वयनको आवश्यक कार्य गर्ने छ ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved