बुक विल्डिङ आईपिओको मूल्य तोक्ने प्रक्रियामा सहभागी हुन पाउने संस्थाको संख्या १०६ पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2022 | 11:33:04 AM मा प्रकाशित

laxmi  sunrise bank

बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न थप ६ संस्थाले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले असार १४ मा थप ६ संस्थालाई स्वीकृति दिएको हो ।

यसै संगै यस्तो स्वीकृति पाउनेको संख्या १०६ पुगेका छन् । यस अघि बोर्डले  एक साथ ४६ , त्यसपछि दोस्रो चरणमा थप १८ , तेस्रो चरणमा थप ७ , चौथो चरणमा थप ९ , पाचौ चरणमा थप ५ , छैठौ चरणमा थप ५, सातौ चरणमा थप २,  आठौ चरणमा थप ८, नवौ चरणमा थप ५ संस्था र अहिले दशौ चरणमा थप ६ संस्थालाई स्वीकृति दिएसंगै यस्तो स्वीकृति पाउनेको संख्या १०६ पुगेको हो ।

हाल पछिल्लो समय स्वीकृति पाउनेमा गौरव नेपाल इन्भेष्टमेन्ट प्रालि, नबिल ब्यालेन्स फण्ड ३, प्रशुपति भेन्चर क्यापिटल, समृद्धि फाइनान्स, कामना सेवा विकास बैंक , र सिद्धार्थ ब्यबस्थित लगानी योजना रहेका छन् ।  

बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ। संस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र बजारमा सूचिकरण भएको मितिले छ महिना सम्म बिक्री वा हस्तान्तरण गर्न सक्ने छैन ।

हाल सर्वोत्तम सिमेन्ट  र रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशनको तयारी गरिरहेका छन् । दुवै कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम अर्थात् रोड शोको लागि मिति तय गरेका छन् । दुवै कम्पनीले आईपिओको लागि भ्यालुएसन् मूल्य तय गरिसकेका छन् ।  योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृत संस्थाको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नु होला ।

यो पनि : बुक विल्डिङ आईपिओ: सर्वोत्तम सिमेन्टको भन्दा रिलायन्स स्पिनिङ्ग मिल्सको मूल्य बढी


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved