मर्जर प्रस्ताव पारित गर्न मिर्मिरे र बुद्धज्योती लघुवित्तको विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2022 | 08:42:58 AM मा प्रकाशित

laxmi  sunrise bank

गाभ्ने गाभिने प्रस्ताव पारित गर्न मिर्मिरे लघुवित्त र बुद्धज्योती लघुवित्तले विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले असार ३१ गते शुक्रबार आ-आफ्नै केन्द्रीय कार्यालयमा विशेष साधारणसभा गर्न लागेका हुन् ।

विशेष साधारणसभामा मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्त गर्ने, डिडिएको आधारमा तयार पारिएको स्वाप रेसियो पारित गर्ने, संयुक्त मर्जर समितिको काम कारवाही खर्च र प्रतिवेदन अनुमोदन गर्ने, मर्जर पश्चात संस्थापक र साधरण शेयरधनीको अनुपात मिलाउन एफपिओ जारी गर्न , प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने,  थप कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन्।

मिर्मिरे लघुवित्तले विशेष साधारणसभा प्रयोजनको लागि असार २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असर २३ गतेसम्म कायम शेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्ने छन् । बुद्धज्योती भने नेप्सेमा सुचिकृत छैन  । 

दुवै संस्थाले २०७८ फागुन २७ गते मर्जर तथा प्राप्तिमा  जाने सम्झौता गरेका थिए । मिर्मिरे लघुबित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ भने बुद्धज्योतिको केन्द्रीय कार्यालय रुपन्देहीको लुम्बीनी सांस्कृतिक नगरपालिकामा रहेको छ। सातै प्रदेशमा प्रादेशिक कार्यालय तथा उप प्रादेशिक कार्यालयहरुको संरचना सहित कार्य संचालन गरिरहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त र नागबेली लघुवित्त लाई प्राप्ती गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved