ङादी ग्रुप पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2022 | 10:05:48 AM मा प्रकाशित

laxmi  sunrise bank

ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले हकप्रद निष्काशनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार १९ गतेसम्म  कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । 

कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

नेपाल धितोपत्र  बोर्डले असार ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले जेठ ९ मा बोर्डमा हकप्रद स्वीकृतिको लागि आवेदन दिएको थियो । 

नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसंगै कम्पनीलाई हकप्रद निष्काशनको लागि बाटो खुलेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved