सिन्धु विकास बैंकको साधारणसभा आह्वान, मर्जमा जाने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2022 | 11:29:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन ६ गते शुक्रबार धुलिखेल स्थित मिराबेल रिसोर्टमा सभा गर्ने भएको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

सामान्य प्रस्तावः

१) आ.व. २०७७/०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व.२०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने ।

३) लेखा परिक्षण समितिले सिफारिस गरे बमोजिम आ.व.२०७८/७९ का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने।

बिशेष प्रस्तावः

१) सञ्चालकको बैंठक भत्ता लगायतका विधामा बृद्धि गर्न बैंकको नियमावालीको नियम ३२ (१) मा संशोधन गर्ने सम्वन्धमा ।

२) सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने /गाभिने (Merger) वा प्राप्ति (Aquisition) गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्याङ्कन (Due Diligence Audit -DDA) गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने, गाभिने प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्र (Memorandum या Understanding) तर्जुमा गर्ने र आवश्यक अन्य प्रकृया पुरा गरि सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी
अन्य आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

३) बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संसोधन स्वीकृत गर्ने तथा नियमनकारी निकायहरुबाट थपघट/फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved