सेयर कर्जामा धेरै नियन्त्रण नगर्न राष्ट्र बैंकलाई सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2022 | 01:34:48 PM मा प्रकाशित

laxmi  sunrise bank

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले सेयर कर्जामा धेरै नियन्त्रण नगर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ। आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले  सेयर कर्जामा धेरै नियन्त्रण नगर्न राष्ट्र बैंकलाई सुझाव दिएका हुन्। 

४/१२ लाई संकेत गर्दै उनले पहुँच र पावरको  दुरुपयोग गरेर जति पनि कर्जा दिने र लिने लाइ कारबाहि गर्नु पर्नेमा सबै लाई एकै डालोमा राखेर निति बनाउन नहुने बताए। त्यस्तै उनले कमजोर र बलियो संस्थाको शेयरमा  एकै प्रकारको मार्जिन नियम पनि बैज्ञानिक नभएको भन्दै यो ब्यबस्था पनि संशोधन गर्नु पर्ने बताए।

त्यस्तै उनले मर्जर तथा प्राप्तिका कारण सेयर कारोबार रोक्का हुन नहुने ब्यबस्था गर्न र ब्रोकर मार्फत मार्जिन लेन्डिङको ब्यबस्था सहज गर्नु पर्ने सुझाव पनि दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved