सूर्या लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2022 | 08:21:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन १९ गते बिहिबार बिराटनगरको होटेल हेरिसन प्यालेसमा सभा आह्वान गरेको हो 

सभामा मर्जर समबन्धि विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले  ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जमा जाने  सम्झौता गरिसकेको छ  मर्जमा जाने सम्झौताको कारण कम्पनीको शेयर कारोबार असार १३ देखि रोक्का छ । सो मिति सम्म कायम शेयरधनीले सभामा  भाग लिन सक्ने छन् 

सभामा निम्न अनुसारको विशेष प्रस्ताव पेश हुने छ :

१. विशेष प्रस्ताव

क) नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्ट्रिगत गरी अन्य कुनै जीवन बीमा कम्पनीसंग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएको बारेको निर्णय अनुमोदन गर्ने सम्बन्धमा ।

ख) यस सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने (Merger) सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्र (MOU) को मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोवार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गर्ने सम्बन्धमा ।

ग) कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरु नियूक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य (DDA) गर्नका लागि संचालक समितिबाट मूल्याङ्कनकर्ता नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने गरी भएको निर्णय अनुमोदन गर्ने सम्बन्धमा।

२. एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यकता अनुसार बीमाङ्कीय मूल्याङ्कनका लागि परामर्शदाता, मूल्याङ्कनकर्ता लगायत कानूनी परामर्शदाता र अन्य विज्ञ नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा कम्पनी एक आपसमा गाभ्ने/गाभिनेसंग सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम विवरणहरु उपलब्ध गराउने लगायतका कम्पनी गाभ्ने/गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved