कामना सेवाको संचालन मुनाफा ८५ करोड, खुद मुनाफा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2022 | 10:48:30 AM मा प्रकाशित

laxmi sunrise bank

कामना सेवा विकास बैंकले चालू आर्थिक बर्षमा झन्डै ६० करोड भन्दा बढी खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्ष कामना सेवाले खुद मुनाफा ७० करोड २४ लाख आर्जन गरेको थियो।

यो आर्थिक बर्ष बैंकले नियामकीय निर्देशनअनुसार केहि रकम प्रोभिजन गर्नु परेकाले बैंकको खुद मुनाफा गत आर्थिक बर्षको तुलनामा केहि खुम्चिएको हो।  

कामना सेवाले चालू आर्थिक बर्षको असार मसान्तसम्ममा ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरि ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। 

त्यस्तै यस अवधिमा कामना सेवाको संचालन मुनाफा ८५ करोड रुपैयाँ रहेको छ भने कर्जा निक्षेप अनुपात पनि नेपाल राष्ट्र बैंकले तोकेको सिमाभित्र नै रहेको छ।  

कामनाको खुद मुनाफा ६० करोड रुपैयाँ रहेपनि नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई १५ दिनको अवधि थप दिएकाले उनीहरुले प्रकाशन गर्ने वित्तीय विवरण असार मसान्तसम्मको भन्दा केहि फरक पर्न सक्नेछ।  


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved