मौद्रिक नीतिपछि शेयर लगानीकर्ता उत्साहित, ६१ अंकले बढ्यो नेप्से सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2022 | 03:28:07 PM मा प्रकाशित

आइतबार शेयरबजार परिसूचक नेप्से ३ प्रतिशतभन्दा धेरैले बढेको छ । आज नेप्से सूचक ६१.०५ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २०७८.५१ को बिन्दुमा पुगेर रोकिएको छ 

आज कारोबारमा आएका २१९ कम्पनीका ६४ लाख २३ हजार १ सय ४६ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ७३ करोड ९ लाख २७ हजार २ सय ९७ रुपैयाँको कारोबार भएको छ। जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै ३९ करोड ७१ लाख, नेपाल पुनर्बिमा कम्पनीको ६ करोड ८२ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ५९ लाख, एनआईसी एसिया बैंकले ६ करोड २१ लाख बराबरको कारोबार भएको छ 

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह ७.२२ प्रतिशतले बढेको छ भने अन्य समुह ६.९३ प्रतिशतले बढेको छ । त्यस्तै ट्रेडिङ समुह ४.४४ प्रतिशतले बढेको छ भने हाइड्रो समुह ३.६८ प्रतिशतले बढेको छ 

आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पोज फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउनेमा ऋणपत्र र सामुहिक लगानी कोषका इकाईहरु रहेका छन् । 

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले लगानीकर्ताहरुले उठाई रहेका ब्यबस्था परिमार्जन गरेपछि लगानीकर्ता उत्साहित भएका हुन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत कायम गरेको छ। त्यस्तै शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु १२ करोड कायम गरिने उल्लेख छ । ४/१२ भनेर परिचित यस नीतिमा ४ खारेज भएर १२ को सीमा कायम रहेको हो।   शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने मौद्रिक नीतिमा उल्लेख छ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved