२ दिनको वृद्धिपछि ४४.८० अंकले घट्यो नेप्से सूचक: शिवम् सिमेन्टको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2022 | 03:25:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२२ कम्पनीका ८७ लाख ४० हजार ५ सय ५१ कित्ता शेयर खरिद बिक्रिबाट ३ अर्ब ७० करोड ४९ लाक्ज ९८ हजार ३ सय ९८ रुपैयाँ २४ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख, अरुण काबेली पावरको १५ करोड ५७ लाख, अरुण भ्याली हाइड्रोको १० करोड २४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ८० लाख तथा राधि विद्युत कम्पनीको ८ करोड ३५ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । आज मल्टीपर्पोज फाइनान्सको शेयर मूल्य सर्वाधिक ९.३२ प्रतिशतले बढेको छ भने सुर्योदय वोमी लघुवित्तको शेयर मूल्य ६.७२ प्रतिशतले बढेको छ । त्यस्तै युनाइटेड मोदी हाइड्रोको शेयर मुल्य ६.१९ प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको शेयर मूल्य ३.२३ प्रतिशतले बढेको छ ।

आज गणपति लघुवित्तको शेयर मूल्य सर्बाधिक ६.८२ प्रतिशतले, रिभर फल्स पावरको शेयर मूल्य ५.९९ प्रतिशत, सबैको लघुवित्तको शेयर मूल्य ५.२३ प्रतिशत, तथा पोखरा फाइनान्सको शेयर मूल्य ५.१० प्रतिशत घटेको छ।

मौद्रिक नीति सार्वजनिक भएको २ दिन नेप्से सूचक् बढेपनि आज तेस्रो दिनमा  बजारमा गिरावट आएको हो । मौद्रिक नीति शुक्रबार आएकोमा  आइतबार शेयरबजार परिसूचक नेप्से ६१.०५ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २०७८.५१ को बिन्दुमा पुगेर रोकिएको थियो ।  त्यस्तै सोमबार सूचक  ५४.४५ अंकले बढेर २१३२.९६ को बिन्दुमा पुगेर रोकिएको थियो । आज मंगलबार भने सूचक  ४४.८० अंकले घटेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved