पाँचौ खुलामुखी म्युचुअल फण्ड बजारमा आउँदै, १९ गतेबाट शुभ लक्ष्मी कोषको इकाई बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2022 | 08:41:46 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्ने भएको छ। क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने ५० करोड आकारको शुभ लक्ष्मी कोष नामक खुलामुखी योजनाको ईकाई निष्काशन गर्ने भएको हो 

क्यापिटलले योजनाको प्रति इकाई मूल्य रु.१०/- दरको पाँच करोड इकाई निष्काशन गर्न लागेको हो।  जस मध्ये  ७५ लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत) विज पूँजी बापत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ । बाँकि ४ करोड २५ लाख  इकाई मध्ये प्रथम चरणमा सर्वसाधारणमा १ करोड ७५ लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्न लागिएको क्यापिटलले जनाएको छ।

यस निष्काशनमा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा सुन २३ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ २ गतेसम्म  आवेदन दिन सक्ने छन् 

यो खुलामुखी योजना भएकोले यसको कुनै निश्चित अवधि हुदैन । साथै यो नेप्सेमा सुचिकृत पनि हुदैन । तर योजना ब्यबस्थापकलाई आफुले चाहेको जुनसुकै बेलामा इकाई बिक्रि गर्न सकिने छ । बन्दमुखी योजनाको इकाई बिक्रि गर्दा खरिदकर्ता आवश्यक पर्छ र खरिदकर्ता नहुँदा इकाई बिक्रि नहुन पनि सक्छ । तर खुलामुखीको हकमा भने योजना ब्यबस्थापकले नै इकाई खरिद गर्ने हुँदा बिक्रि गर्न नपाइने समस्या हुदैन 

हालसम्म नेपालमा ३ वटा मात्र खुलामुखी म्युचुअल फण्ड योजना संचालनमा  छन् । यो बजारमा आउने पाँचौ खुलामुखी म्युचुअल फण्ड योजना हुने छ । हाल सिद्धार्थ क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल र एनएमबि क्यापिटलले  खुलामुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेका छन्  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved