कुन मूल्यमा भयो बिन्ध्यवासीनी हाइड्रोको पहिलो शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2022 | 10:49:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिन्ध्यवासीनी हाइड्रोको शेयर कारोबार सुचारु भएको छ । आज बिहिबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो ।

कम्पनीको पहिलो कारोबार प्रति कित्ता ३३४ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १११.३४ रुपैयाँदेखि ३३४.०२ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा उच्चतम बिन्दुमा पहिलो कारोबार भएको हो। कम्पनीको BHDC सिम्बलबाट कारोबार भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

बुधबार कम्पनीको १ करोड कित्ता शेयर सुचिकृत भएको थियो ।  कम्पनीले जेठ २० गतेदेखि  जेठ २५ गते अन्तिम सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो।  बाँकि रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका दिए ।    

कम्पनीले कास्कीको रुदी खोलामा रुदी ए र रुदी बि गरि कुल १५.४ मेगावाटको आयोजना संचालन गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved