साविकको नेपाल बंगलादेश बैंकको शेयर नबिल बैंकको नाममा नेप्सेमा सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2022 | 05:01:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार ४ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ। नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि नेपाल बंगलादेश बैंकतर्फबाट आएको ४ करोड ३३ लाख ६७ हजार २ सय १९ कित्ता शेयर नबिल बैंकको नाममा सुचिकृत भएको हो ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १:०.४३ को अनुपातमा प्राप्ति गरेको थियो । जस अनुसार नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर हुनेले नबिल बैंकको ४३ कित्ता शेयर पाउने छन् । सोहि अनुसार आज ४ करोड ३३ लाख ६७ हजार २ सय १९ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै लगानीकर्ताको डिम्याट खातामा नबिल बैंकको नाममा शेयर आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । आज सुचिकृत थप शेयर संगै नबिल बैंकको सुचिकृत शेयर संख्या २२ करोड ८३ लाख २९ हजार ८७ कित्ता शेयर भएको छ । अर्थात् नबिल बैंकको चुक्ता पुंजी २२ अर्ब ८३ करोड पुगेको छ ।

नबिल बैंक र नेपाल बंगलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गरेका थिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved