एनबीलाई गाभेपछि यस्तो देखियो नबिल बैंकको प्रगति, बाड्न मिल्ने नाफा नै ९ अर्ब बढी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2022 | 08:42:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशतले बढेको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ९.८३ प्रतिशतले बढेको हो 

आर्थिक वर्ष ७७/७८ मा बैंकको खुद नाफा ४ अर्ब ५२ करोड रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा बढेर ४ अर्ब ९७ करोड पुगेको हो। यस अवधिमा बैंकको बितरणयोग्य मुनाफा ९ अर्ब १२ करोड रहेको छ । यसमा बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि व्यवसायिक लाभबाट हुन आएको रकम ५ अर्ब ७४ करोड समेत समावेश छ ।  

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.७९ प्रतिशतले बढेर ९ अर्ब ४३ करोड पुगेको छ । बैंकको निक्षेप ४५.९८ प्रतिशतले बढेर ३ खर्ब २६ अर्ब पुगेको छ भने बैंकको कर्जा प्रवाह ५२.०४ प्रतिशतले बढेर ३ खर्ब १ अर्ब पुगेको छ । बैंकको खराब कर्जा  ०.८४ प्रतिशतबाट बढेर १.५४ प्रतिशत कायम भएको छ 

२२ अर्ब ८३ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा २९ अर्ब ७५ करोड रहेको छ ।  यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २१ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २३० रुपैयाँ रहेको छ ।  

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १:०.४३ को अनुपातमा प्राप्ति गरेको थियो । नबिल बैंक र नेपाल बंगलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गरेका थिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved