
 2mb (1).gif)
एभरेष्ट बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकले साउन १८ गतेबाट ऋणपत्र बिक्रि खुला गरेकोमा छिटोमा साउन २२ गते र ढिलोमा भदौ १ गतेसम्म बिक्रि खुला रहने जनाएको थियो ।
साउन २२ गतेसम्म पर्याप्त आवेदन नपरेकोले भदौ १ गतेसम्म ऋणपत्र बिक्रि खुला रहने बैंकले जनाएको छ । यद्यपि भदौ १ गते अगाडी नै पर्याप्त आवेदन परेमा सार्वजनिक सूचना जारी गरेर सो अग्वई ऋणपत्र बिक्रि बन्द गरिने बैंकले उल्लेख गरेको छ ।
बैंकले १००० अंकित दरका २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि हुने छ भने बाँकि १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्रि हुने छ । सर्बसाधारणलाई बिक्रि गरिने ८ लाख कित्ता मध्ये सामुहिक लगानी कोषहरुलाई ४० हजार कित्ता छुट्याईएको छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रन्बंधक रहेको छ ।
६ वर्षे अवधिको यस ऋणपत्र बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । यो ऋणपत्र २०८५ मा मेच्योर हुने छ । बोर्डले साउन २ गते ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।