शिवम् सिमेन्टले बोलायो विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 08:19:36 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्टले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले भदौ १० गते अनामनगर स्थित आफ्नै कर्पोरेट कार्यालयमा विशेष सभा गर्न लागेको हो 

कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्नको लागि कम्पनीले सभा आह्वान गरेको हो । सभामा  कम्पनीको स्वीकृत प्रबन्ध पत्रको दफा ६ को खण्ड (ग) लाई संशोधन गर्ने र खण्ड (घ) संशोधन गरी हटाउने प्रस्ताव पेश हुने छ |त्यस्तै कम्पनीको स्वीकृत नियमावलीको नियम नं. २३ गणपुरक संख्या कूल शेयर संख्याको ६७ प्रतिशत रहेकोलाई संशोधन गरी ५१ प्रतिशत कायम गर्ने, कम्पनीको नियमावलीको नियम नं. २५ को उप नियम (५) संशोधन गरी विशेषज्ञ संचालकको मनोनयन र अन्य संचालकहरुको निर्वाचन गर्ने सम्बन्धि व्यवस्था कायम गर्ने , तथा स्वीकृत नियमावलीको नियम नं. २७ को उप नियम (२) मा संचालक संख्या स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक सहित ७ सात जनाको हुने छ भन्ने व्यवस्थालाई संशोधन गरी स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक १ जना र शेयरधनीहरुबाट निर्वाचित वा मनोनित ५ जना सहित ६ जनाको संचालक समिति हुनेछ भन्ने व्यवस्था कायम गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै नियमावलीको नियम नं. २९ संशोधन गरी स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक १ जना संचालक समितिले | नियुक्त गर्नेछ भन्ने व्यवस्था संशोधनद्धारा कायम गर्ने , र नियमावलीको नियम नं. ३१ मा संशोधन गरी संचालकहरुको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा कम्पनी ऐन बमोजिमको प्रक्रिया पुरा गरी गरिनेछ भन्ने व्यवस्था कायम गर्ने प्रस्ताव पेस हुने छ ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि भदौ २ गते बुक क्लोज गर्ने गर्ने निर्णय गरेको छ । भदौ १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले जुम मार्फत पनि सभामा भाग लिन सकिनेजनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved