नेशनल हाइड्रोको विशेष साधारणसभा आह्वान, २२ हजार कित्ता शेयर ब्यबस्थापन गर्न प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 08:32:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले भदौ १० गते बालुवाटार स्थित डेलिश ओपेरा रेश्त्रो एण्ड ब्यान्क्वेटमा सभामा आह्वान गरेको हो 

सभामा हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । सभामा बोनश शेयर वितरण र सुनकोशी हाइड्रो पावर कम्पनी लि.को प्राप्ति पश्चात कायम हुन आउने चुक्ता पूजीको ५० प्रतिशत (अर्थात १०:५ को अनुपातमा हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गर्ने प्रसताव पेश हुने छ। त्यस्तै हकप्रद शेयर र सुनकोशी हाइड्रो पावर कम्पनी लि.को प्राप्तिको कारणले कम्पनीको पुंजी वृद्धि हुने भएको हुनाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को (ख) र (ग) संशोधन गर्ने प्रस्ताव पेश हुने छ ।

त्यस्तै कम्पनीको रु.१००/- प्रति कित्ताको २२४७० कित्ता साधारण शेयर बापत जम्मा रु.७,२५,००० को आंशिक भुक्तानी मात्र प्राप्त भएको देखिएकोले कम्पनीको हिसाबमा रु.१५,२२,००० भुक्तानी प्राप्त नभएको (Call in arrears) देखि आएको Call in arrears को हिसाब मिलान गर्नको लागि उक्त २२४३० कित्ता शेयरलाई व्यवस्थापन गर्नुपर्ने देखिएकोले उक्त शेयर व्यवस्थापन गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि भदौ २ गते बुक क्लोज गर्ने गर्ने निर्णय गरेको छ । भदौ १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved