यी ४ तरिकाबाट हेर्न सकिन्छ सयपत्री हाइड्रोको आईपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 10:27:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज  बिहान  क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो।

आईपिओको नतिजा केहि समयपछि सार्वजनिक हुने छ । सार्वजनिक भएपछि विभिन्न ४ तरिकाबाट आइपिओ नतिजा हेर्न सकिने छ ।  जस अनुसार बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट https://www.niblcapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र सयपत्री  हाइड्रो कम्पनीको वेबसाइट  http://sayapatrihydropower.com/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

क्यापिटलका अनुसार  कम्पनीको आईपिओमा १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जस मध्ये ८७३ जनाको आवेदन अयोग्य रहेको क्यापिटलले जनाएको छ । त्यस्तै स्थानीयतर्फ शेयर पाएर सर्वसाधारणको शेयरको लागि पनि आवेदन दिएका २३१ जनाको आवेदन पनि रद्द भएको छ । शेयर पाउन योग्य रहेका आवेदकको संख्या १४ लाख १२ हजार ४ सय् ६८ जना रहेको र उनीहरुलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । 

जस अनुसार गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आईपिओमा आवेदन दिने १३ लाख ४६ हजार ५ सय १४ जना आवेदक हात खाली भएका छन् । 

कम्पनीले साउन १३ गतेदेखि  साउन १७ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको  १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३६ हजार  ५३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने १४ लाख ४ सय २१ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।  

 नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । 

कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved