विजय लघुवित्तको खुद नाफासंगै ईपीएस पनि घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2022 | 09:01:27 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा विजय लघुवित्तको खुद नाफा १६.२४ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीले १२ करोड ५० लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनको खुद नाफा घटेर १० करोड ४७ लाख कायम भएको छ 

यस अवधिमा कम्पनीको  खुद ब्याज आम्दानी १०.३५ प्रतिशतले घटेर ३४ करोड १५ लाख कायम भएको छ। कम्पनीको सापटी ६.१८ प्रतिशतले बढेर ३ अर्ब ८ करोड पुगेको छ भने निक्षेप १४.३६ प्रतिशतले बढेर १ अर्ब १३ करोड पुगेको छ । कम्पनीको कर्जा प्रवाह ९.०४ प्रतिशतले बढेर ४ अर्ब ७१ करोड पुगेको छ । कम्पनीको खराब कर्जा ४.६६ प्रतिशतबाट घटेर ४.०८ प्रतिशत कायम भएको छ । यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि ३ करोड ६९ लाख प्रोभिजन गरेको छ भने १ करोड ८५ लाख राइट ब्याक पनि गरेको छ । 

 ३२ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा २२ करोड ८८ लाख रहेको छ ।  यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३९ रुपैयाँ ७ पैसा बाट घटेर ३२ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved