कुमारी क्यापिटलले ५ प्रतिशत लाभांश दिने, मर्जर प्रस्ताव सहित साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2022 | 10:03:30 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलले साधारणसभा आह्वान गरेको छ। कम्पनीले भदौ २० गते टंगाल स्थित कुमारी बैंकको कार्यालयमा  सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । क्यापिटलले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ५ प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभामा मर्जर सम्बन्धि प्रस्ताव पनि पेश हुने छ  । 

यस्ता छन् क्यापिटलको सभामा पेश हुने प्रस्ताव :

(क) साधारण प्रस्तावहरु:
१. आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरि पारित गर्ने ।

३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ५ प्रतिशतका दरले हुन आउने लाभाँश कर सहित रु.२,००,००,०००/- (अक्षरेपी दुई करोड रुपैया मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

४. आ.व.२०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

(ख) बिशेष प्रस्तावहरुः

१. यस कम्पनी अन्य कुनै कम्पनी एक आपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्न संचालक समितिबाट गठित मर्जर समिति तथा सो ले गरेको कार्य अनुमोदन हुन तथा नयाँ मर्जर समिति गठन गर्नको लागि संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved