हकप्रद निष्काशनको लागि नारायणी डेभलपमेन्ट बैंकले चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2022 | 05:34:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो  ।  

सम्झौतामा नारायणी डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । 

नारायणी डेभलपमेन्ट बैंकले १ः १ को अनुपातमा आफ्ना शेयरधनीहरुलाई प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको २६,२४,६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

डेभलपमेन्ट बैंकको अधिकृत पुँजी रु. ५३ करोड र जारी पुँजी रु. २६ करोड २४ लाख ६७ हजार ६ सय रहेको छ भने हाल यस डेभलपमेन्ट बैंकका ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।  चितवन जिल्लाको रत्ननगर न.पा., टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “ख” वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved