'अबको १० दिन भित्रमा आईफोनको लागि मेरोशेयर एप'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2022 | 10:21:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियारिङ लिमिटेडले आईओएस प्रयोगकर्ताको लागि मेरोशेयरको एप अबको १० दिन भित्रमा आउने जनाएको छ । हाल एप अन्तिम चरणमा रहेको र एपको टेस्टीङ प्रक्रिया चलिरहेकोले छिट्टै आईओएसको लागि एप सार्वजनिक गर्ने सिडीएसले जनाएको छ । 

सिडीएस प्रवक्ता सुरेश न्यौपानेले एपको टेस्टीङ चलिरहेकोले टेस्टीङ प्रक्रिया सम्पन्न हुनासाथ एप सार्वजनिक गरिने बताए ।  उनका अनुसार अबको १० दिनभित्रमा एप सार्वजनिक गरिसक्ने लक्ष्य छ।

सिडीएससीले पहिलो चरणमा एनरोईड मोबाइलमा बेटा भर्जनमा २०७७ भदौ ३१ गतेदेखि परीक्षण गरी मेरो सहेयर एप संचालनमा ल्याएको थियो । सिडीएससीले त्यसलाई पटक पटक अपडेट गरि परिमार्जन गरेको छ । पछिल्लो पटक गरिएको भर्जनमा  एपमा फिंगरप्रिन्ट लगईनको सुविधा थप गरिएको थियो ।  

सिडीएसका अनुसार एनरोईडको एप हालसम्म १५ लाख भन्दा धेरै लगानीकर्ताले डाउनलोड गरिसकेका छन्। एनरोईडको एप आएको २ वर्ष पुग्न लाग्दा समेत आईफोन प्रयोगकर्ताले भने एप प्रयोग गर्न पाएका छैनन् । अब भने छिट्टै नै आईफोन प्रयोगकर्ताको लागि पनि आईओएस भर्जनको एप आउने सिडीएसले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved