हालै आईपिओ निष्काशन गरेका ३ कम्पनीको शेयर कारोबार सुरु, कुनको कुन मूल्यमा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2022 | 10:52:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हालै आईपिओ निष्काशन गरेका ३ कम्पनीको शेयर कारोबार आज एकै दिन सुरु भएको छ । आज नेप्सेमा हालै आईपिओ निष्काशन गरेका अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, श्वेत गंगा हाइड्रो र मन्दाकिनी हाइड्रोको शेयर कारोबार सुरु भएको हो ।

आज बुधबारको कारोबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएकोले अब नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ ।  अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको पहिलो कारोबार ३२४.६ रुपैयाँ, श्वेत गंगा हाइड्रो पहिलो कारोबार २६९ रुपैयाँ र मन्दाकिनी हाइड्रोको पहिलो शेयर कारोबार २३७.३ रुपैयाँमा भएको छ  । 

यस अघि हिजो मंगलबार अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको १ करोड ३५ कित्ता शेयर , श्वेत गंगाको १ करोड ५९ लाख ३० हजार, र मन्दाकिनी हाइड्रोको ५८ लाख ८० हजार ३ सय ६९ कित्ता शेयर सुचिकृत भएको थियो ।

नेप्सेले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको पहिलो कारोबारको लागि १०८.२१ रुपैयाँदेखि ३२४.६३ रुपैयाँसम्मको रेन्ज, श्वेत गंगाको पहिलो कारोबारको लागि  ८९.८८ देखि २६९.६४ रुपैयाँसम्म रेन्ज र  मन्दाकिनी हाइड्रोको पहिलो कारोबारको लागि  १०२ रुपैयाँ देखि ३०६ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । 

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको USHEC सिम्बलबाट , श्वेत गंगाको SGHC सिम्बलबाट र मन्दाकिनी हाइड्रोको MHL  सिम्बलबाट कारोबार भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved