पिपुल्स पावरको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2022 | 08:14:32 AM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज भदौ ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो 

कम्पनीले सर्वसाधारणलाई २४ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ४९ हजार ३ सय ४८ कित्ता कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख २३ हजार ३ सय ७० कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको छ   । बाँकि रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ  । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरिसकेको छ । कम्पनीले असार ८ गतेदेखि  साउन ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय वासिन्दाको लागि  शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावितको लागि ६ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर १ र ४ का स्थानीयको लागि १ लाख ८९ हजार ७ सय ८० कित्ता शेयर छुट्याईएको थियो भने इलाम नगरपलिकाको १ र ४ वडा बाहेकका इलामका अन्य स्थानीयको लागि ४ लाख ४२ हजार ८ सय २० कित्ता शेयर छुट्याईएको थियो । 

  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २७ मा शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख  कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । 

 पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved