आईपिओ भर्दा अब अधिकतम ५ रुपैयाँमात्र आश्वा शुल्क लिन पाईने ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2022 | 10:48:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले आश्वा शुल्कमा परिमार्जन गर्ने निर्णय गरेको छ। बोर्डको आइतबार साँझ बसेको संचालक समितिको बैठकले आश्वा शुल्क अधिकतम ५ रुपैयाँभन्दा बढी लिन नपाउने गरि आवश्यक ब्यबस्था गर्ने निर्णय गरेको हो 

 यस अघि बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँ शुल्क लिदै आएकोमा अब अधिकतम ५ रुपैयाँमात्र लिन पाउने छन् । यद्यपि उनीहरुले चाहेमा यो सेवा निशुल्क समेत दिन सक्ने छन् । हाल ३ वटा वाणिज्य बैंकले यो सेवा निशुल्क प्रदान गरिरहेका छन् । 

बोर्डको संचालक समितिले निर्णय गरेसँगै अब धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा आवश्यक संशोधन गर्नु पर्ने हुन्छ । निर्देशिकामा आवश्यक संशोधन गरेर यो छिट्टै कार्यन्वयनमा लैजाने बोर्डले जनाएको छ 

आईपिओमा आवेदन दिनेको संख्या धेरै हुँदा आईपिओ पनि नपर्ने र चर्कोशुल्क पनि लाग्ने भन्दै लगानीकर्ताले शुल्क परिमार्जन गर्न माग गर्दै आएका थिए । सोहि अनुसार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले यसबारे अध्ययन गर्न कमिटि बनाएका थिए । कमिटिले दिएको सुझावको आधारमा बोर्डले शुल्क घटाएको हो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved