धौलागिरी लघुवित्तको आईपिओ आज बाँडफाँड हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2022 | 08:18:06 AM मा प्रकाशित

laxmi  sunrise bank

धौलागिरी लघुवित्तले निष्काशन गरेको आईपिओ आज बुधबार बाँडफाँड हुँदै  छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज भदौ ८ गते बुधबार बिहान १० बजे क्यापिटल कै कार्यालयमा आईपिओ बाँडफाँड गर्ने तयारी गरेको हो । 

लघुवित्तले साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले सर्बसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार १ सय ५५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको छ भने १६ हजार ५ सय ५० कित्ता शेयर कर्मचारी तथा सर्बसाधारणहरुलाई छुट्याईएको थियो ।  बाँकि रहेको ३ लाख ९ हजार २ सय ९५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।  

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved